बिनोद चाैधरीलाई कोरोना संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बिनोद चाैधरीलाई कोरोना संक्रमण



काठमाडाै । उधोगपति , व्यवसायी तथा अर्बपति बिनोद चाैधरीलाई कोरोना संक्रमण देखिएको छ । चाैधरीले आज आफ्नो आधिकारिक टुइटर मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन।


शुक्रबार बिहान गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ भटिएको चौधरीले पुष्टि गरेका छन्। आफूमा कोरोना संक्रमण देखिएको भन्दै आफूसँग सम्पर्कमा आउनेलाई आवश्यक सतर्कता अपनाउँन समेत उनले आग्रह गरेका छन्। आफूलाई संक्रमण पुष्टि भएपनि कुनै लक्षण नदेखिएको चौधरीले जानकारी दिएका छन्।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार १५:२९