काठमाडाै । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने बिषयमा मन्त्रिपरिषद्मा कुनै प्रस्ताव नआएको बताएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले भने, ‘उहाँ (कुलमान घिसिङ) लाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’
कुलमानको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा समेत नआएको उनले प्रस्ट पारे ।
Comment