अर्बपति व्यवसायी रुप ज्योतिको ‘ठगी धन्दा’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

अर्बपति व्यवसायी रुप ज्योतिको ‘ठगी धन्दा’



काठमाडाै । नेपालको प्रभावशाली औद्योगिक-ब्यापारिक घराना ज्योति समूह ब्यबसायिक बिषयमा दाजु पद्मज्योति र भाइ रुपज्योतिका बीच भएको मनमुटाव र व्यवसायिक बेमेलका कारण विभाजित भएकोछ ।

स्वर्गीय मणिहर्ष ज्योतिले आफना दुइ छोरा र एक छोरीका बीच सम्पत्ति बराबर बाँडफाँट हुने ब्यबस्था गरिसकेका थिए । अहिलेसम्म पदमज्योति र रुपज्योति संयुक्त रुपमा थिए । तर, अब त्यो अवस्था रहेन । रुपज्योति एकपछि अर्को अनैतिक, गैर कानूनी र गैर ब्यबसायिक गतिविधिमा लागेर कानूनमिच्दै गएपछि रुपज्योति र पद्मज्योति बीच मनोमालिन्य बढेको हो । यो मनोमालिन्यका कारण ज्योति समूहद्धारा सन्चालित सबैजसो ब्यवसाय प्रत्यक्ष प्रभावित भएका छन । रुपज्योति पारिवारिक विरासतबाट अलग हुन चाहँदैनन ।

किनभने त्यो विरासतको प्रभाव र प्रतिष्ठा आफैमा एउटा शक्ति हो । तर, पद्मज्योति त्यो विरासतबाट रुपज्योतिलाई अलगगर्न चाहन्छन । किनभने, रुपज्योतिले परिवार, धर्म र विरासतको मर्यादा उल्लंघन गरेका छन ।

नेपालको सबैभन्दा पुरानो फलामको रोलिङ मिल, अक्सिजन कम्पनी, स्प्रिङ मिल्स, मोटरसाइकल्स, पार्टस्, गाडी, टयाक्टर र पम्प सेट, औषधि, इलेक्ट्रोनिक्स सामान जस्ता उद्योग र ब्यापारमा करोडौं-करोड लगानी गरेर औद्योगिक-ब्यापारिक कारोवारमा सक्रिय रहेको ज्योति समूहलाई रुपज्योतिले स्वास्थ्य व्यवसायमा तानेका हुन ।

शुरुमा उनले पुण्य आर्जनका लागि जमलमा रहेको ज्योति भवनमा ग्राण्डी सिटी क्लिनिक एण्ड डाइग्नोष्टिक सर्भिसेज खोलेपछि उनी बिवाद र झगडामा तानिएका हुन । हार्वड युनिभर्सिटीमा शिक्षा प्राप्त गरेपनि रुपज्योतिको “ट्रयाक रेकर्ड” कहिल्यै राम्रो रहेन । राजनीतिमा उनले सँधै प्रतिगामी तत्वलाई सघाए ।

ज्ञानेन्द्रले राजकाज सम्हालेर संसदीय प्रजातन्त्रका बिरुध्द आफनै नेतृत्वमा गठन गरेको सरकारमा अर्थ राज्यमन्त्री भएका रुपज्योतिले आफनो ब्यबसायिक स्वार्थको पोषणका लागि सरकारी अधिकारको दुरुपयोग गरे । यसैकारण, औद्योगिक ब्यापारिक समूहमा पनि उनको प्रतिष्ठा रहेको छैन । सरकारले नेपालमा मूल्य अभिबृध्दि कर लगाएपछि उद्योगी ब्यापारीहरु करको ब्यबस्थामा सुधारको मांग गर्दै आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला रुपज्योति उद्योगी ब्यापारीका बिरुध्दमा उत्रिएका थिए ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल स्थापना गर्ने अवधारणा इन्जिनियर बिजयराज भण्डारी, स्थानीय व्यवसायी दीपक कुँवर र डा. चक्रराज पाण्डेका थियो । यी तीनजना मिलेर १ अर्ब ६५ करोडको लागतमा सन २०१० मा अस्पतालको स्थापना र संचालन गरेका थिए । डा.चक्रराज पाण्डेले रुपज्योतिलाई लगानीकर्ताको रुपमा भित्र्याउँदा ग्राण्डी अस्पताल भवनको आठतला निर्माण भै सकेको थियो ।

ग्राण्डी अस्पतालले बैंकक थाइल्याण्डको समिति भेज अस्पतालसंगको सहकार्यमा शुरु गरेसंगै रुपज्योतिले ग्राण्डी हस्पिटल लिमिटेडको संचालक समितिको निर्णयबाट जमलमा ग्राण्डी सिटी क्लिनिक एण्ड डाइग्नोष्टिक सर्भिसेज संचालन गर्ने प्रस्ताव गरेका थिए । त्यतिबेला ग्राण्डीका संचालकहरुले ग्राण्डीको लोकेसन टाढा भएकोले सिटी क्लिनिकको आबश्यकता महसूस गरेका थिए । तर, उनीहरु ज्योति भवनमा त्यो क्लिनिक राख्ने पक्षमा थिएनन । संचालकहरुले रुपज्योतिकै घरमा क्लिनिक संचालन गर्ने भए त्यसको भाडा निर्धारित गर्ने प्रस्ताव गरेका थिए ।

त्यतिबेला रुपज्योति आफैं हस्पिटल ब्यबस्थापन समितिको अध्यक्ष भएकाले उनले आफू अनुकूल निर्णय गराएका थिए । यो अनुसार, समिति भेज अस्पतालले ग्राण्डी सिटी क्लिनिकमा उपकरण राख्ने काम गरेको थियो । ग्राण्डी अस्पतालसंग पैसाको अभाव भएका बेला ५० करोडको उपकरण ग्राण्डी सिटीतिर स्थानान्तरण गरियो ।

ग्राण्डीमा एयर कण्डिशन बनाउने कम्पनी एयरटेकले ग्राण्डी सिटीमा पनि एयर कण्डिशन जडान गर्यो । त्यसबापत १ करोड ६० लाख रुपैयाँ ग्राण्डी अस्पतालले भुक्तानी गर्यो । यसबाहेक सिटी क्लिनिकको तलब खर्च पनि ग्राण्डी अस्पतालले बेहोर्नुपर्ने भएपछि लगानीकर्ताहरुमा मनमुटाव शुरु भयो ।

अहिले ग्राण्डी सिटी क्लिनिकले प्रयोगगरी रहेको ग्राण्डी अस्पतालको लोगो तथा ट्रेडमार्कको प्रयोग नगर्न ग्राण्डीले निर्देश गरिसकेको छ । ग्राण्डी सिटी क्लिनिक मूल अस्पतालको निर्देश बिपरित क्लिनिक नै मूल अस्पतालको प्रतिस्पर्धीका रुपमा देखापरेको भनी २०७५ साल असार २७ गते नै लोगो र ट्रेडमार्ग प्रयोग नगर्न निर्देश दिएको हो । यो मामिलामा नेपाल सरकारको सम्बन्धित बिभागले पनि रुपज्योतिलाई निर्देशन दिइ सकेको छ । तर, रुपज्योतिले भने अहिले पनि त्यो निर्देशनलाई मानेका छैनन । कानूनी मामिलालाई फन्दामा पारेर मान्छे फसाउन माहिर मानिन्छन रुपज्योति । उनले धेरैलाई यसरी फँसाएका छन ।

रुपज्योतिले ग्राण्डी अस्पतालको एउटा ठूलो कोठामा ताल्चा मारेर राखेका छन । उनी ब्यबस्थापन समितिको अध्यक्ष हुँदा लिएको त्यो कोठा किन कब्जामा लिएका हुन ? कसैले भन्न सक्दैन । यसले ग्राण्डीका अरु संचालकको मनमा असन्तोष उत्पन्न गरेको छ ।

ग्राण्डी अस्पतालले नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै कानून विपरीत सरोगेसी सेवा सञ्चालन गरेको थियो । यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको थियो । रुपज्योतिको रुचि सरोगेसीमा बढदै गएपछि परिवार र उनका बीच मतभेद बढदै गएको थियो ।

सरोगेसीको यो धन्दा रुपज्योतिको उधेडबुन थियो । उनले भारतीय चिकित्सक डा. शाहील गुप्तासंग मिलेर सरोगेसीको काम शुरु गरेका थिए । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले ग्राण्डी अस्पतालले सरोगेसी सेवा शुरु गरेकोमा बधाइ सन्देश दिएका थिए । यो सन्देश न्यूज ट्वेन्टिफोरबाट प्रसारित भएको थियो । यो सबै रुपज्योतिको टिकडम थियो । २०७२ असोजको दोस्रो साता केही निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली विवादमा मुछिएपछि सरोगेसी बन्द गर्न कारबाही अघि बढाइएको थियो ।

अनुगमनका क्रममा ग्रान्डी सिटीले सरोगेसीको गैरकानुनी धन्दा सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रतिवेदनमा उक्त अस्पतालले १ सय ८० सरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको थियो ।

त्यसैबेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालले पनि सरोगेसी सेवा दिइरहेको बताएका थिए ।

हिजोआज रुपज्योतिलाई नियमित रुपले ठगीको आरोप लाग्ने गरेको छ । सरोगेसीबाट कमाएको अकूत पैसाले नपुगेर उनी घरजग्गा ब्यापारमा लागेर ग्राहक ठग्न थालेका छन । गत कात्तिकमा घरजग्गा सम्बन्धी मुद्दामा पक्राउ परेका रुपज्योति बाबुबाजेले कमाएको प्रतिष्ठाका आधारमा छुटेका थिए । त्यो काण्डमा रुपज्योतिबाट पीडित विजेन्द्र मल्लले रुपज्योतिको कम्पनी ल्याण्डमार्कले बैना गरेको घर नदिएको जाहेरी दिएपछि उनी पक्राउ परेकाथिए । पछिल्लो पटक, उनले बैना गरिसकेर जग्गा नदिएको आरोप भक्तपुरका सुरेन्द्र ताम्राकार र राजेश चिक बन्जारले लगाएका छन् । रुपान्तरण अनलाइनबाटसाभार

प्रकाशित : ८ भाद्र २०७७, सोमबार २०:१५