कुर्सि
कति प्यारो कुर्सि
सबै मरिहत्तेे गर्छन्
न आफ्ना भन्छन्
न समझदारि गर्छन्
कुर्सि कै लागि घरि घरि
भाई भाई मै त
छाड म छाड
मार् मोर ठोक ठाक
हाना हान् ताना तान्
ठाक्क ठुक्क
भाक्क भुक्क
आगो पनि बारा बार्
बोल् चाल बन्द
आगे
हन्मान् र नारदहरुको
चलखेल
लेन देनमा सम्झौता
बाकि बक्यौता
थाति राख्दै
नयाँ जोड घटाउ
पर्तिफल सुन्य
कुर्सि जहाँको तहि
फर्सि पनि उहि
उफ्रिएको कुभिण्डो
तिन कान्ला मुनि खस्यो ।
बैकुण्ठ दाहाल
काठमाडौ
२०७७/५/८
Comment