काठमाडौं । नेपालमा ६३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३१ हजार ११७ रहेको छ । जसमा १८ हजार ३ सय ५० जना निको भएर घर फर्किसकेका छन् ।
काठमाडाैमा २१६ जनामा
काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं ।
१२ जना बिरामीहरु भेन्टिलेरमा
उपत्यकामा शनिबारसम्म १२ जना कोरोना भाइरसका बिरामीहरु भेन्टिलेरमा उचार गरिहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । शनिबार काठमाडौंमा २१६ जना नयाँ कोरोना भाइरसका संक्रममित भेटिएका छन् ।
गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १६० जना, भक्तपुर मा ५० जना र ललितपुरमा ६ जना रहेका छन् । देश भरी ६ सय ३४ जना नयाँ संक्रमित भएका छन् ।
थप ९ जनाको मृत्यु
कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ वर्षीय पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
Comment