संस्थागत लगानीकर्ताहरूलाई सूचीकृत हुन धितोपत्र बोर्डको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

संस्थागत लगानीकर्ताहरूलाई सूचीकृत हुन धितोपत्र बोर्डको निर्देशन



काठमाडाै । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताहरूलाई सूचीकृत हुन निर्देशन जारी गरेको छ । बोर्डले धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीलाई ३५ दिन भित्रमा निवेदन दिन बोर्डले निर्देशन जारी गरेको हो । न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएका कम्पनीले यो सूचनाको परिपालना गर्नुपर्ने छ । बोर्डले आज बुधबार एक सूचना जारी गर्दै सूचीकृत हुन निर्देशन दिएको हो ।

बोर्डले बुक बिल्डिङ कार्यविधि लागु गरेसँगै संस्थागत लगानीकर्ताले सूचिकृत हुन निर्देशन जारी भएको हो । सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोष योजना, मर्चेन्ट, मान्यताप्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ १० करोड रुपैयाँ भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीहरुले संस्थागत लगानीकर्ताको रुपमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा सबैभन्दा पहिले संस्थागत लगानीकर्ताहरुले बिक्री गर्नेछन्। उनीहरुले आह्वान गरेको मूल्यको औसत मूल्य निर्धारण हुन्छ। संस्थागत लगानीकर्तामार्फत् सर्वसाधारणका लागि सेयर जारी गरिन्छ। यो विधि अपनाएसँगै प्राथमिक सेयर बिक्री नहुने समस्या अन्त्य हुनेछ। बोर्डले संस्थागत लगानीकर्तालाई सुचिकृत हुनका लागि ३५ दिनको म्याद दिएको छ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार १८:०९