एनआइबिएल सहभागिता फण्डको नगद लाभंश सेयर धनीको खता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

एनआइबिएल सहभागिता फण्डको नगद लाभंश सेयर धनीको खता



काठमाडौं। एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी एनआइबिएल सहभागिता फण्डले गत आवको नाफाबाट घोषणा गरेको लाभांश वितरण गरेको छ।

योजनाले आफ्ना इकाइधनीहरुलाई करसहित ८.२५ प्रतिशत नगद लाभांश भदौ २ गतेदेखि जम्मा गरेको जनाएको छ। योजनाले साउन २२ गतेसम्म कायम इकाइधनीहरुको डिम्याट खातामा भएको बैंक खातामा उक्त रकम जम्मा गरेको जनाएको छ।

साथै, योजनाले लाभांश पुनः लगानी गर्ने योजनामा सहभागी भई आवेदन दिएका इकाइधनीहरुको डिम्याट खातामा थप सेयर जम्मा गर्न सुरु गरेको बताएको छ। योजनाले नगद लाभांश दिन नचाहने उक्त लाभांशले थप सेयर लिन चाहानेलाई सो सुविधा दिएको थियो। योजनाको बिक्री प्रबन्धक एनआइबिएल इस क्यापिटलद्धारा उक्त रकम जम्मा भएको फण्डले जनाएको छ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार १७:५२