काठमाडाैमा कोरोना संक्रमित ह्वात्तै बढे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

काठमाडाैमा कोरोना संक्रमित ह्वात्तै बढे



काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्म कै धेरै संख्या हो । नयाँ संक्रमित काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : २ भाद्र २०७७, मंगलवार १७:३४