राष्ट्र बैंकका गभर्नर अधिकारी होम क्वारेन्टिनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्र बैंकका गभर्नर अधिकारी होम क्वारेन्टिनमा



काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै उनी होम क्वारेन्टिनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन् । ती दुई कर्मचारीलाई गभर्नरले भेटेका कारण उनी होम क्वारेन्टिनमा बसेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिदिन कोरोना संक्रमित बढेपछि उनी सतर्कता अपनाउँदै घरमै बसेका हुन् । घरैबाट उनले कार्यालयको काम गरिरहेका छन् ।

अहिलेसम्ममा राष्ट्र बैंकका चार जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई संक्रमण देखिएको हो ।

गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको परीक्षण गरिएको थियो । यसै क्रममा अर्का एक जनालाई पनि पोजेटिभ देखिएको हो ।

प्रकाशित : १ भाद्र २०७७, सोमबार १७:०७