पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो



काठमाडाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ। आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एकरएक रुपैयाँ बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार २०:०४