सात अर्ब आन्तरिक ऋण उठाउदै सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सात अर्ब आन्तरिक ऋण उठाउदै सरकार



काठमाडाै । नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार २८ दिन अवधिको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी भदौ ३० गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि २ अर्बको ट्रेजरी बिल बिक्री गरिनेछ । सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ ।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार १३:४१