प्रभु बैंकले २३ अर्बले निक्षेप बढायो, प्रतिशेयर आम्दानी १३.९३ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले २३ अर्बले निक्षेप बढायो, प्रतिशेयर आम्दानी १३.९३ रुपैयाँ



काठमाडाै । प्रभु बैंक लिमिटेडले गएको वर्ष १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरणअनुसार बैंकले कमाएको यो वार्षिक नाफा २०७५/७६ को भन्दा ४२ करोड न्यून हो।

चुक्ता पुँजी १० अर्ब रहेको बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८ करोड रुपैयाँमात्र रहेको छ। यो बैंकले गएको वर्षको नाफाबाट १० प्रतिशतसम्म लाभांस वितरण गर्नसक्छ।

प्रतिशेयर नेटवर्थ १५१.२९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३.९३ रुपैयाँ रहेको छ।

१ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ऋण लगानी गरेको बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा घटेर २.८१ प्रतिशतमाम सिमित भएको छ। गएको वर्ष कर्जा निक्षेप अनुपात ६६.९६ प्रतिशत रहेको बैंकको ब्याज स्प्रेडदर भने ३.५७ प्रतिशत रहेको छ।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार ११:२२