एक करोड ८ लाख हिनामिनाको आरोपमा असई दिलीप कार्की पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक करोड ८ लाख हिनामिनाको आरोपमा असई दिलीप कार्की पक्राउ



काठमाडाै । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असई दिलीप कार्कीलाई पक्राउ गरेको छ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा असई कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको पाइएपछि अख्तियारले उनलाई पक्राउ गरेको हो।

उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा उक्त रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार २१:२३