उपत्यकाका तीनवटै जिल्लामा नयाँ नियम, उल्लंघन गरे यस्तो कारबाही हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उपत्यकाका तीनवटै जिल्लामा नयाँ नियम, उल्लंघन गरे यस्तो कारबाही हुँने



काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गए पछि नियमनमा कडाइ गरेको छ । उपत्यकामा बिशेष उपत्यकाका तीनवटै जिल्लामा साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि विभिन्न क्षेत्रमा रोक लगाइएको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीद्वारा शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा काठमाडौं, भक्तपुर र ललितपुर विभिन्न क्षेत्रमा निषेध गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

जारी गरिएको आदेश अनुसार भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ । दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ ।

अब पुजारीले नित्यपूजाबाहेक अरूलाई मन्दिर जान समेत प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

त्यस्तै चाडपर्व, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । अब परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।

शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालन, कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा साइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १९:३८