अन्य बैंकको नाफा खुम्चिदा ग्लोबल आइएमई बैंकले देखायो चमत्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अन्य बैंकको नाफा खुम्चिदा ग्लोबल आइएमई बैंकले देखायो चमत्कार



काठमाडाै । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ। ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले नाफा ११.५९ प्रतिशतले बढाएको हो ।

ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको यो बैंक अहिले धेरै सूचकका आधारमा अग्रस्थानमा बैंक छ । बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेप संकलन ९२ अर्ब अर्थात ७६.६६ प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।

बैंकले कर्जा लगानी पनि ८१ अर्बले बढाउन सफल भएको छ । अघिल्लो आवमा एक खर्ब ८ अर्ब कर्जा लगानी गरेको बैंकले गत आवमा भने एक खर्ब ८९ अर्ब पुर्याएको हो । बैंकले गत आवमा २० अर्ब ४५ करोड ब्याज आम्दानी गरेर १२ अर्ब २६ करोड ब्याज खर्च गर्दा ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १३:२४