नेपाल लाइफ इन्सुरेन्सको वित्तिय विवरण अब्बल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफ इन्सुरेन्सको वित्तिय विवरण अब्बल



काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको खुद नाफामा सामान्य सुधार देखिएको छ । यसअवधिमा नाफा १.४३ प्रतिशतले बढेर ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले ५२ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ लाख रुपैयाँ बढी हो।

५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८७ अर्ब २ करोड र महाविपत्ती कोषमा ५५करोड ४९ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको यस्ता कोषहरुमा क्रमशः २ अर्ब ४३ करोड, ६५ अर्ब ३६ करोड र ४३ करोड रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८८ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ८ करोड रुपैयाँ कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा १७ अर्ब ७ करोड यस्तो कर्जा लगानी गरी १ अर्ब ५८ करोड रुपैयाँ कमाएको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

हालसम्ममा १ खर्ब १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

असार मसान्तसम्ममा इन्स्योरेन्समा १३ लाख ४ हजारभन्दा बढी बीमालेखहरु कायम छन्। सो अवधिसम्ममा ४० हजार २४३ दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरीसकेको यस इन्स्योरेन्सले अझै १ अर्ब ६१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९.६५ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा कायम भएको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १३०.५७ गुणा रहेको छ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ०८:१२