पत्रकार बानियाँको मृत्युको निष्पक्ष छानविन गर्न पत्रकार महासंघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पत्रकार बानियाँको मृत्युको निष्पक्ष छानविन गर्न पत्रकार महासंघको माग



काठमाडाै । नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको रहस्यमय रुपमा भएको मृत्युको निष्पक्ष छानविन गर्न माग गरेको छ ।

बुधबार नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै बानियाँको रहस्यमय मृत्युकोे विषयमा निष्पक्ष छानविन गर्न माग गरको हो । पत्रकार बानिया शव मृत अबस्थामा हेटौडाको सिस्नेरी खोलामा भेटिएको थियो ।

सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले बताएको छ । उनी नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव समेत भएका थिए ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार १८:०९