कांग्रेसले भन्यो – सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठानाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कांग्रेसले भन्यो – सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठानाै



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍‍यो ।’

कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको जिकिर गरे ।

सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए । स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ ।

यद्यपि यो सरकार नै इमान्दार छैन । त्यसैले धेरै आश गर्ने ठाउँ छैन । तर यो सरकार रहुन्जेल यही सरकारलाई साधन स्रोत दुरुपयोग नगर भन्नुपर्छ ।’

उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन् ।

उनले नगरिकले उपचारको अभावले ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए । उनले नागरिकलाई बच्न पाउने अधिकारबाट बञ्चित गराउने काम सरकारबाट नै भएको आरोप लगाए । नीजि अस्पताललाई पनि कोरोना परिक्षण गर्ने ब्यवस्था गर्नु पर्ने कांग्रेशले बताएको छ ।

अाैषधीको आयतमा नीजी क्षेत्रलाई दिनु पर्ने बताउदै उनले सरकारले यसको कानुनी ब्यवस्था गर्नु पर्ने बताए । स्वास्थ्यकर्मीहरुलाई कोभिड भत्ताको सूनिश्चित गर्न माग गरेको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार १६:०८