‘राजमार्गका होटलको स्तर तोकियो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘राजमार्गका होटलको स्तर तोकियो’



काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न राजमार्गमा रहेको होटलहरुको अनुगमन गरी ६ सय ६८ ओटा होटल एवं रेस्टुरेन्टको स्तर तोकेको जनाएको छ ।

विभागले मलेखु, मुग्लिङ, रामनगर, मनहरि, गैंडाकोट, कोहलपुर, चन्द्रपुर, इटहरी, विराटनगर, चिसापानी, अत्तरियालगायत स्थानका होटलहरुको स्तरीकरण गरेको जनाएको छ ।

अनुगमन गरिएका मध्ये ६८ ओटा उत्तमस्तर, ४ सय १४ ओटा मध्यमस्तर र १ सय ६८ न्यूनस्तरको स्तरीकण गरेको विभागले जनाएको छ ।

विभागले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ५९ ओटा मुद्दा दायर गरेको पनि जनाएको छ ।

दायर मुद्दामध्ये मुख्यतः प्रशोधित पिउने पानी, प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ, तेललगायतका खाद्यपदार्थका उत्पादकविरुद्ध रहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक सन्जीबकुमार कर्णले आगामी दिनमा मोडेल रेस्टुरेन्ट सन्चालन, खाद्य स्वच्छताबारे प्रचार–प्रसारसहित खाद्य परिकारको मेलालगायतका कार्यक्रम गर्ने बताए ।

विभागले विहीबारदेखि आहार पूरक नियमन कार्यविधि लागू गरेको जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०७३, शुक्रबार ००:२४