एक करोड २४ लाख घुससहित नेपाल विद्युत् प्राधिकरणका कार्यालय प्रमुख पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक करोड २४ लाख घुससहित नेपाल विद्युत् प्राधिकरणका कार्यालय प्रमुख पक्राउ



काठमाडाै । नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको छ ।

शनिबार काठमाण्डौ आइरहेका गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेकसहित अख्तियारको टोलीले सिन्धुली कमलामाई नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

प्रक्रिया नपुर्याएर भुक्तानीका लागि चेक लिएर काठमाण्डौतिर लागेपछि आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि भन्दै चेक काटेर हिँडेको पाइएको उनले बताए । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) का कर्मचारी हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ बाट सो कार्यालयका चेकहरु तथा सोसँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार ०८:०७