पुँजी बजारमा रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुँजी बजारमा रेकर्ड



STOCKकाठमाडौ। नयाँ बर्षको  दोस्रो दिन बिहिबार नेप्से परिसुचकमा १७ दशमलव १५ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगी १ हजार ४ सय ५ दशमलव ७८ कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स ३ दशमलव ८० अंकले बढेर ३ सय ३ दशमलव ७२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय २७ वटा कम्पनीहरुको २ हजार ६ सय २३ वटा कारोबारबाट ५५ करोड ९६ लाख ७५ हजार ८० रुपैयाँ बराबरको ११ लाख ५४ हजार ७ सय ७५ कित्ता शेयरहरु कारोबार भएका छन् । मंगलबारको तुलनामा आज कारोबार रकम २ करोड ७० लाख १ हजार ९ सय ७० रुपैयाँले घटेको छ ।

आज कारोबारमा सबै भन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको रहेको छ, जसको ३ करोड ९३ लाख ९१ हजार ३ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी दोस्रो स्थानमा नबिल बैंकको ३ करोड ४९ लाख ७० हजार ८ सय ४० रुपैयाँ, तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ, नबिल बैंकको ३ करोड ३० लाख ८५ हजार ८ सय २३ रुपैयाँ, सिटिजन्स बैंकको ३ करोड १ लाख ८५ हजार ५ सय रुपैयाँ र स्ट्यान्डर्ड चार्टड बैंकको २ करोड ८४ लाख ५६ हजार १ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

अरनिको डेभलपमेन्ट बैंकको र लुम्बिनी फाइनान्सको सबै भन्दा धेरै ९ दशमलव ७४ प्रतिशतले शेयरको मुल्यमा वृद्धि भएको छ । त्यस्तैे काष्ठमन्डप डेभलपमेन्ट बैंकको ८ दशमलव २४ प्रतिशतले र यती डेभलपमेन्ट बैंकको ८ दशमलव ०४ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

सहयोगी विकास बैंककोे लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ५ दशमलव ५ प्रतिशतले गुमाएका छन् । त्यस्तै बाग्मती डेभलपमेन्ट बैंकको ३ दशमलव ७८ प्रतिशतले र सिन्धु विकास बैंकको ३ दशमलव २६ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ८ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढनेमा विमा समुह ५८ दशमलव ५६ अंकले रहेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समुह ३२ दशमलव ८ अंकले, विकास बैंक समुह २३ दशमलव ९५ अंकले, होटल समुह २१ दशमलव ७ अंकले, बैंकिंग समुह १७ दशमलव ९६ अंकले , फाइनान्स समुह ११ दशमलव ५६ अंकले र जलविद्युत समुह ७ दशमलव १९ अंकले बढेको छ । अन्य समुह भने शुन्य रहेको छ ।

मंगलबार नेप्से परिसुचक ४ दशमलव ७८ अंकले बढेर १ हजार ३ सय ८८ दशमलव ६३ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

प्रकाशित : २ बैशाख २०७३, बिहीबार ११:५६