भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमणको पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमणको पुष्टि



काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । शाहले आईतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आईतबार आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या उच्च दरले बढीरहेको छ । ( ऐजेन्सी )

प्रकाशित : १८ श्रावण २०७७, आईतवार २१:२८