विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटिएका छन् ।
सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको बताइएको छ । कुटपिटमा संलग्न दुइ जना करारका कर्मचारी हुन् ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सञ्जेलमाथि कुटपिट हुनुको कारणमा अनुशन्धान भै रहेको प्रहरीले जनाएको छ ।
Comment