३१५ जना नयाँ संक्रमित थपिए, उपत्यकामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३१५ जना नयाँ संक्रमित थपिए, उपत्यकामा कति ?



काठमाडौं । नेपालमा ३१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३१५ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३८ रहेको छ। शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ४९२ पुगेको छ। डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए। अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्।

उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल कोेरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै हाल नेपालभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : 1 August, 2020 4:50 pm