फेरि लकडाउन हुने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

फेरि लकडाउन हुने !



काठमाडौं । देशमा फेरि लकडाउन हुने भएको छ । तर, अबको लकडाउन देशभर नभएर कोरोना भाइरसको संक्रमण फैलिएको निश्चित स्थानलाई शिल्ड गरी लगाइने भएको हो । आपूर्तिमन्त्री लेखराज भट्टले जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइनेछ । उनले भने, ‘कोरोना भाइरसको जोखिम भएको स्थानमा निषेधाज्ञा जारी गर्ने तय भएको छ । यसको आजै अनुमोदन हुन्छ ।’

सरकारले ७ साउनसम्म लगाएको लकडाउन अन्त घोषणा गरेपनि संक्रमण फैलन थालेको थियो । यसलाई दृष्टिगत गरी कोरोना भाइरस बढी फैलिएको स्थानहरुमा लकडाउन गर्ने तयारी गरेको हो । देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले रोकथामका लागि निश्चित स्थानमा निश्चित समयसम्म लकडाउने गर्ने नीति बनाएको हो । यसको कार्यान्वयन आवश्यकता अनुसार तत्काल हुने बुझिएको छ ।

रिपाेर्टर्स नेपालबाट

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार २१:५३