नेप्से ७.५३ अंक बढ्दा कारोबार १ अर्ब ३२ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से ७.५३ अंक बढ्दा कारोबार १ अर्ब ३२ करोड



काठमाडौं । सोमबारदेखि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सुधार आएको छ । आज नेप्से परिसूचक ७.५३ अंकले वृद्धि हुँदा १ अर्ब ३२ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ०.५३ प्रतिशत वृद्धि भई १४३९.०६ विन्दुमा रोकिएको छ ।

नेप्सेका अनुसार आज एक अर्ब ३२ करोड बढकिो कारोबार भएको छ । आज नेप्सेमा सबै समूहमा हरियाली छाएका छन् ।
क वर्गका कम्पनीहरूकाे मापक सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ४६ अंकले सकारात्मक भएकाे छ । सँगसँगै अाज सबै उपसूचकहरू सकारात्मक देखिएका छन् ।

आज सबैभन्दा धेरै खानिखोला हाइड्रोपावरका शेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा घोडीघोडा लघुबित्तका शेयरधनीहरुले ९ दशमलव ८५ प्रतिशतले गुमाउनु परेको छ ।

सथै, आज सबै भन्दा धेरै कारोबार हुनेमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४ हजार ८७ पटक कारोबार भएर ३ लाख ८२ हजार ७ सय बीस कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।उक्त कम्पनीको कारोबारको अन्तमा रु. ५ सय ९९ मा पुगेर बजार बन्द भएको छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार १६:२९