१ रुपैयाँमा चाहे जती समान किन्ने हो ? यसो गर्नुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

१ रुपैयाँमा चाहे जती समान किन्ने हो ? यसो गर्नुस



काठमाडाै । सेलपेले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले सेलपेबाट पहिले मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम एक हजार रुपैयाँसम्म) क्यास ब्याक, १०० सेकेण्ड भित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल लगायतका अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकले श्रावण १६ गते सेलपेबाट पहिले मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम एक हजार रुपैयाँसम्म) क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा ल्याएको एनीभर्सरी अफर अन्तर्गत ग्राहकले यस्तो छुट पाउने जानकारी दिएको छ ।

यस्तै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार अफरको लाभ लिनको लागि सर्वप्रथम सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने हुन्छ ।

सेलपे, मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो । बास्तविक मयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयाल्टी पोइन्ट्स पाईने लगायत सेलपेका विशेषहरु रहेको जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार १४:३७