एसइईको नतिजा सार्वजनिक गर्ने तयारी , यसरी हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी , यसरी हेर्नुस नतिजा



काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले एक हप्ताभित्रमा एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सो नतिजा परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले विभिन्न दुरसञ्चार सेवा प्रदायक कम्पनी तथा सस्थाहरुमार्फत सार्वजनिक गर्ने भएको छ ।

बोर्डले जारी गरेको सूचना अनुसार नतिजा हेर्नका लागि नेपाल टेलिकम, एनसेल र इजि सर्भिस प्रालीमार्फत एसएमएस र आइभिआर सेवा प्रयो गर्न सकिने छ । जसमध्ये नेपाल टेलिकमले एसएमएस र आइभिआर दुबै प्रविधी मार्फत जानकारी दिनेछ भने अन्य दुईले एसएमएसमार्फत मात्र सेवा दिनेछन् ।

यी सेवाको लागि नेपाल टेलीकम र एनसेलले प्रयोग गर्ने सर्टकोड १६०० रहेको छ भने इजि सर्भिसले ३४९४९ सर्टकोड मार्फत यो सेवा उपलव्ध गराउनेछ ।

त्यसैगरि, परिक्षा नियन्त्रण कार्यालयको वेबसाइड see.gov.np, राष्ट्रिय परिक्षा बोर्डको वेबसाइड neb.gov.np, नेपाल टेलिकमको वेबसाइड see.ntc.net.np, एनसेलको वेबसाइड see.ncell.axiata.com, इडियु संञ्जाल डटकम see.edusanjal.com र कान्तिपुर पव्लिकेशन प्राली results.ekantipur.com बाट हेर्न सकिन्छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार ०८:५६