नेपालमा २१० जना कोरोना संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपालमा २१० जना कोरोना संक्रमित थपिए



काठमाडाै । नेपालमा २१० जना कोरोना संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमणको पुष्टि हुनेको कुल संख्या १९ हजार २७६ रहेको छ जसमध्ये संक्रमण सक्रिय पाँच हजार २०३ जनामा छ ।

यसदिन थपिएका संक्रमितमध्ये काठमाडौंका १४ जना र भक्तपुरका १ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १४६ रहेको छ । योसँगै हालसम्म कोरोना मुक्त हुने १४ हजार २१ जना रहेका छन् । यस्तै संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ्ग कोरोना मुक्त छ भने रौतहट र कैलालीमा ५ हजार भन्दा बढी संक्रमित छन् ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार २१:५२