चार लाख घूस रकमसहित दुई जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

चार लाख घूस रकमसहित दुई जना पक्राउ



बुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा विमानस्थल आयोजना लागि जग्गा अधिग्रहणमा सहजीकरण गरिदिने भन्दै रकम लिने दुई जनालाई अख्तियारले प्रकाउ गरेको छ ।

अख्तियर दुरुपयोग अनुसन्धान आयोग बुटवलका टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ यादव र मतियार स्थानीय महेन्द्र प्रसाद यादवलाई ४ लाख घूस रकमसहित पक्राउ गरेको हो ।

विमानस्थल आयोजनाका लागि जग्गा अधिग्रहण गरेपछि मुअब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा उनीहरुलाई रंगेहात प्रकाउ गरिएको आयोगका प्रवक्ता सुरेश भुसालले बताए ।

उनीहरु दुवै जनालाई अख्यियारको कार्यालय बुटवलमा ल्याएर थप अनुन्धान शुरु गरिएको भुसालले बताए ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १५:५५