प्रभु बैंकले साउन १९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले साउन १९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासकन गर्न लागेको हो ।जसमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ ।

सर्वसाधारणलाई निष्कासन गर्ने ऋणपत्रमध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा साउन २ र ढिलोमा भदौ १ गतेसम्म आवेदन गर्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीले ऋणपत्र वार्षिक १० प्रतिशत ब्याजदरमा ८ वर्षको लागि निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी रेटिङ प्रदान गरेको छ ।

यस्तो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यमरुपमा सुरक्षित रहेको देखाउँछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

साथै आवेदकले धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १४:४१