तातोपानी नाका खुलाउन चीनको यस्तो छ शर्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

तातोपानी नाका खुलाउन चीनको यस्तो छ शर्त



काठमाडौं । चीनले आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा यस्तो जानकारी गराएका हुन्। तिब्बत सरकारले तातोपानीको विषयमा बेइजिङको निर्देशन आबश्यक पर्ने र त्यहीअनुरुप काम भइरहेको जानकारी सरकारलाई दिएको छ।
भूकक्पपछि चीनले खासास्थित आफ्नो भन्सार र अन्य कार्यालय हटाएको छ। चिनियाँ सेनाको एक टुकुडी र अन्य सुरक्षा निकायले त्यो क्षेत्रको सुरक्षा भने दिइरहेका छन्।
चीनले खासाको बजारलाई न्यालोममा लैजाने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ। कान्तिपुर दैनिकमा समाचार छ – खासाबाट १५ किलोमिटर पर रहेको न्यालोम तातोपानीको सुख्खा बन्दरगाहबाट २७ किलोमिटर टाढा पर्छ।

प्रकाशित : 12 April, 2016 3:05 am