सनराईज बैंकमा लफडा , सञ्चालककाे दबाबमा पौडेलको राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराईज बैंकमा लफडा , सञ्चालककाे दबाबमा पौडेलको राजीनामा



काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनराज शर्मा पौडेलले राजीनामा दिएका छन् ।

गत वर्षको असारमा सो बैंकमा नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् । सिईओमा नियुक्त हुँदा देखि नै सञ्चालकसँग टसल पर्दै आएका सिईओ पौडेलले सञ्चालकहरुको दवावकै कारण राजिनामा दिएको बताइएको छ ।

बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको लगत्तै विवाद भए पछि संचालकहरु शैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडको असहमतिले श्रेष्ठको नियुक्तीमा खारेज गरिएको थियो ।

त्यसपछि भएको पौडेलको नियुक्तीबाट श्रेष्ठलाई नियुक्ती गर्ने समुह असन्तुष्ट भएपनि मौन बसेको थियो । बैंक श्रोतका अनुसार अहिले पौडेलबाट आएको राजिनामा त्यहि विवादको उत्कर्ष हो ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार १६:०२