नयाँ पुनरकर्जा कार्यविधी २०७७का बिषेशता के के छन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नयाँ पुनरकर्जा कार्यविधी २०७७का बिषेशता के के छन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ पुनरकर्जा कार्यविधी २०७७ जारी गरेको छ । मंगलवार एक सूचना निकाल्दै राष्ट्र बैंकले उक्त कार्यविधि जारी गरेको हो ।

राष्ट्र बैंकले गत हप्ता चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै पुनरकर्जाको सिमा बढाउने लगायतका घोषणा गरेको थियो । सोही अनुसार साविकको कार्यविधिलाई परिमार्जन गर्दै नयाँ कार्यविधि ल्याइएको हो ।

मौद्रिक नीतिमा भनेअनुसार पुनरकर्जा कोषको सिमा ५ प्रतिशतले बढाउने गरिने कार्यविधि ल्याइएको छ । तर, कोरोनाको असर कम हुदैं गएपछि त्यो सिमा घटाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।

यस्तै घरेलु, साना तथा मझौला उद्यम पुनरकर्जा, बिशेष पुनरकर्जा र साधारण पुनकर्जा गरेर ३ प्रकारको पुर्नकर्जा प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ । साधारण पुनरकर्जामा ग्राहकलाई ३ प्रतिशत व्याजदर तोकिएको छ भने अन्य पुनरकर्जामा ५ प्रतिशत व्याजदर निर्धारण गरिएको छ । पुनरकर्जाको अवधी भने १ बर्षको मात्रा हुने बताइएको छ

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १५:३७