एनसीएचएलले गर्यो कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीएचएलले गर्यो कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार



काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गत आर्थिक वर्षमा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो।

एनसीएचएल विभिन्न भुक्तानी प्रणाली मार्फत ९६ खर्ब रुपैयाँको कारोबार गरेको छ । यसका साथै सोही भुक्तानी प्रणालीमार्फत एनसीएचएलले ३२ करोड अमेरिकी डलर, २३.८ करोड युरो र १७.१ करोड स्टेर्लिंग पाउण्डको समेत कारोबार गरेको छ ।

राष्ट्रियस्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धी दर ५८.८५ पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमार्फत दैनिक औसत ३ ६अर्ब २० करोड रुपैयाँ बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेको छ ।

एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरू संचालनमा रहेका छन् ।

नेपाल राष्ट्र बैंकसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स प्राप्त संस्था हो।

एनसीएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासका लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थालाई प्रदान गर्दै आएको छ। यसमा बैंक वित्तिय संस्था, पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेप्से तथा अन्य विभिन्न संस्थालगायत १०२ सदस्य रहेका छन्।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार ११:०१