काठमाडाै । देवः विकास बैंकलाई प्राप्ति गरेर कुमारी बैंक लिमिटेडले आज ,असार २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारकाे कार्यालयबाट एकिकृत काराेबारकाे लागि अनुमति पाएसँगै बैंकले आज देखि काराेबार थाल्न लागेकाे हाे।

गत जेठ १९ गतेसम्म सम्पन्न कुमारी बैंकको विशेष साधारणसभा र देवः विकास बैंकको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई पारित गरेका थिए।प्राप्तिपछिको एकीकृत कारोबारका लागि राष्ट्रबैंकले गत असार १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार १४ गते अनुमति पाएका थिए।
कुमारी बैंकले देवः विकास बैंकलाई १ः०.८६ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। एकीकृत पछि कुमारी बैंकको नामबाट सेयर कारोबार हुने छ ।
हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख र कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ।






Comment