अनियमिततामा असहमत हुदाँ खेदिए एलडीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

अनियमिततामा असहमत हुदाँ खेदिए एलडीओ



काठमाडौं । जिल्ला प्राविधिक कार्यालयले सडक मर्मत गर्न गरेको टेन्डर प्रक्रियामा अनियमितता भएको आशंका गर्दै सहमति जनाउन अस्वीकार गरेका रोल्पाका स्थानीय विकास अधिकारी (एलडीओ) को सरुवा भएको छ।
एलडीओ गेहेन्द्रवहादुर डाँगीलार्इ स्थानीय विकास मन्त्रालयले फिर्ता बोलाएको हो । ‘टेन्डरमा मैले हस्ताक्षर गर्न नचाहेपछि यो अवस्था आएको हो,’ जिविसले आयोजना गरेको नियमित पत्रकार भेटघाटमा एलडीओ डाँगीले भने,‘दण्डित हुनु पर्नेले पुरस्कार पाउँछन्, पुरस्कृत हुनु पर्नेले दण्ड पाउँछन्। मुलुकको प्रणाली कहिले सुध्रने हो?’
उनको सरुवा दुई वर्ष नपुग्दै गरिएको हो। कान्तिपुर दैनिकमा समाचार छ – अघिल्लो चैतमा रोल्पा जिविसमा आएका उनको एक वर्षभित्रै सरुवा भएको हो।

प्रकाशित : 10 April, 2016 2:56 am