काठमाडौं । ससदीय उपसिमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिन सकिने प्रावधानसहितको अध्ययन प्रतिवेदन तयार पारेको छ ।
बैंकले सहायक कम्पनी खाेलेर ब्रोकर लाइसेन्स लिन पाउने गरि बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको छ । संघीय संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन हुने सुझावसहितको प्रतिवेदन मंगलबार समितिलाई बुझाएको हो ।
एक वर्षअघिदेखि बैंकलाइ ब्रोकर लाइसेन्स दिन हुने वा नहुने विवाद अन्त्य हुने भएको छ ।सेयर बजारको विस्तार तथा सहज कारोबारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा लामो समयदेखि माग उठ्दै आएको थियो ।
नेपाल धितोपत्र बोर्डको नीतिगत व्यवस्था अनुसार बैंकहरुले ब्रोकरको काम गर्ने सहायक कम्पनी खोलेर नेप्सेहुँदै नेपाल राष्ट्र बैंकसँग समेत स्वीकृति लिइसकेको अवस्थामा अर्थ समितिले तत्काल लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन भन्दै नेप्सेलाई निर्देशन दिएको थियो ।
२ महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेड दिएको उपसमितिले ११ महिनापछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिए फरक नपर्ने आशयसहितको प्रतिवेदन बुुझाएको उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले बताइन् ।






Comment