साधना लघुवित्तको आइपिओ खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साधना लघुवित्तको आइपिओ खुल्यो



काठमाडाै । साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयरमा आइतबारदेखि आवेदन खुलेको छ ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता १०० का दरले ६ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्रीमा ल्याएको हो।

लघुवित्तले कुल निष्कासन गरेको ७ करोड ७ लाख ८० हजार शेयरमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा पाँच प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ ।

लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिनेछ । जसम्मा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूको लागि आवेदन राख्न सकिन्छ।

प्रकाशित : २१ असार २०७७, आईतवार ०८:४६