सेयर बिक्री गरेको पैसा चार दिनभित्र भुक्तानी गर्न बोर्डको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बिक्री गरेको पैसा चार दिनभित्र भुक्तानी गर्न बोर्डको निर्देशन



काठमाडौं ।  धितोपत्र बोर्डले सेयर किनबेच भएको चौथो दिनभित्र अनिवार्यरूपमा पैसा भुक्तानी गर्न ब्रोकरहरूलाई निर्देशन दिएको छ ।
धितोपत्र बोर्डले केही ब्रोकर कम्पनीमा स्थलगत निरीक्षण गर्दा टी प्लस ३ भित्र भुक्तानी हुन नसकेको पाइएको भन्दै अबदेखि त्यस्तो नगर्न पनि चेतावनी दिएको छ ।
Sebom
गत माघदेखि डिम्याट प्रणालीबाट सेयर कारोबार भए पनि ग्राहकले सेयर बिक्री गरेको चार दिनमा पैसा नपाएको गुनासो नियामक नेपाल धितोपत्र बोर्डलगायत सरोकारवाला निकायमा लगानीकर्ताले गुनासो गरेका थिए ।

प्रकाशित : २६ चैत्र २०७२, शुक्रबार ०२:५३