राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो । विधेयक बिहीबार राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ ।

प्रकाशित : ४ असार २०७७, बिहीबार १९:५९