नेपालमा कोरोना नियन्त्रणका लागि एडीवीले ३० अर्ब रुपैंयाँ सहुलियत ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा कोरोना नियन्त्रणका लागि एडीवीले ३० अर्ब रुपैंयाँ सहुलियत ऋण दिने




काठमाडौं । एशियाली विकास बैकका अध्यक्ष (एडीवी)ले कोरोना महामारीको नियन्त्रणका लागी करीब ३० अर्ब रुपैंयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

विश्वव्यापी कोरोना संक्रमणको प्रभाव न्यूनिकरण गर्न सरकारलाई तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्न स्रोतको दबाव भएपछि एडीबीसँग अर्थले सहयोग प्रस्ताव गरेको थियो । एडीबीले दिनलागेको ऋण सहायता स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा खर्च हुने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा र एडीवीका मासाचुगु आसाकावाबीच भएको टेलिफोन संवादमा उक्त सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न एडीबी सहमत भएको हो ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार २२:०५