सनराइज बैंकद्वारा ग्राहकहरुलाई फूडमन्डुमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकद्वारा ग्राहकहरुलाई फूडमन्डुमा विशेष छुट




काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने
व्यवस्था गरेको छ ।

ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सन्राइज बंकको डेबिट/के्रडिट कार्ड तथा क्यूआर कोडद्वारा प्रयोगगरी सामान खरिद गर्ने व्यवस्था मिलाएको छ ।

प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म प्रदान गर्नेछ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुनेछ ।

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएको बैंकले जनाएको छ ।

घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बंैकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलवार १४:४१