माछापुच्छ्रे बैंकमा थापा र न्यौपानेलाई नायव महाप्रबन्धकको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकमा थापा र न्यौपानेलाई नायव महाप्रबन्धकको जिम्मेवारी




काठमाडौं । माछापुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसनको जिम्मेवारी दिइएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । सन् २००० बाट बैंकिङ्ग करियर सुरु गरेका थापा भने बैंक अफ काठमाडौं तथा सानिमा बैंकमा काम गरेका हुन् ।

उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्छन् । विगत ६ वर्ष देखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाडौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल छ ।

सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन् । उनीसंग एभरेष्ट बैंक तथा एनआईसी एशिया बैंकमा विभिन्न भुमिकामा कार्य गरेका अनुभव रहेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : १४ बैशाख २०७७, आईतवार २१:२३