नेपालमा कोरोना संक्रमित ४९ जना, १० जना निको भएर घर फर्किए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपालमा कोरोना संक्रमित ४९ जना, १० जना निको भएर घर फर्किए



काठमाडौं । नेपालमा शुक्रबार थप एकजनामा कोरोनाको संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयकाअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । कोरोना संक्रमितमध्ये १० जना निको भएर अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् ।

प्रकाशित : 24 April, 2020 10:00 pm