कोरोना रोकथामका लागि चार अर्ब खर्च, कोषमा २ अर्ब १० करोड मात्र जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरोना रोकथामका लागि चार अर्ब खर्च, कोषमा २ अर्ब १० करोड मात्र जम्मा




काठमाडौं । कोरोना रोकथामका लागि बनाइएको कोषमा लगभग २ अर्ब १० करोड रुपैंयाँ जम्मा भएको छ। तर संक्रमण रोकथाम तथा राहतका लागि हालसम्म चार अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई रकम निकासा गर्दा सबैभन्दा धेरै रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड निकासा गरिएको छ । सरकारले कोरोना रोकथामका लागि निशुल्क परीक्षण, क्वारेन्टाइन, खाना, खाजाको व्यवस्था गरेको छ।

स्वास्थ्य सामाग्री खरिद गर्नका लागि मन्त्रालयले रकम निकासा गरेको हो। मन्त्रालयले केही रकम रकमान्तर र विविध शीर्षकबाट दिएको हो ।

विभिन्न निकायबाट थप रकम माग भई आइरहेको मन्त्रालयले जनाएको छ। यसको अध्ययन गरी रकम निकासा गर्ने मन्त्रालयको तयारी छ।

स्वास्थ्य मन्त्रालयले हाल चीनबाट स्वास्थ्य सामाग्री खरिद गरिरहेको छ। यस्तै नेपाली सेनाबाट स्वास्थ्य सामाग्री खरिद गर्नका लागि पनि बजेट निकासा गरिसकेको छ।

यद्यपी, कोरोना नियन्त्रण तथा रोकथामका लागि बनाइएको कोष सञ्चालनको लागि निर्देशिका तयार भैसके पनि खर्च भने हुन सकेको छैन।

संक्रमण रोकथामका लागि आएका निवेदनहरुको अध्ययन गरेर रकम निकासा गर्न तयारी छ ।कोषको आम्दानी, निकासा र खर्चको विवरण राख्ने जिम्मा महालेखा नियन्त्रक कार्यालयलाई दिइएको छ।

प्रकाशित : ११ बैशाख २०७७, बिहीबार १८:१२