यस्तो अवस्थामा बैंक तथा बित्तीय संस्थाहरु नाफामुखी हुन मिल्दैन: अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस्तो अवस्थामा बैंक तथा बित्तीय संस्थाहरु नाफामुखी हुन मिल्दैन: अर्थमन्त्री




काठमाडौं । अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले बैंक तथा बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामुखी हुन नहुने बताएका छन् ।

कोभिड—१९ बाट अर्थतन्त्रमा परेको प्रभावका सम्वन्धमा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले आइतबार बुझाएको २४ बुँदे सुझाबपत्र ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले उक्त धारणा राखे ।

नगद प्रवाहलाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ सांवा व्याज तिर्ने म्याद वढाउने तर्फ आवश्यक व्यवस्था गरिने उनले बताए ।

उनले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गराई जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

पछिल्लो परिस्थितिबाट चुनौति मात्र नभइ अवसर पनि प्राप्त भएको पनि उहाँले उल्लेख गरे । नेपालका इलेक्ट्रनिक कारोवारको प्रयोग बढ्न थाल्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।

बाहिरबाट आएका श्रमिकहरु आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने आशा जागेको पनि अर्थमन्त्री खतिवडाले टिप्पणी गरे ।

अर्थतन्त्रमा कोरोनाबाट पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने पनि मन्त्री खतिवडाले बतए ।

प्रकाशित : ७ बैशाख २०७७, आईतवार २१:४४