काठमाडौं । आन्तरिक राजस्व विभागले चैत महिनामा २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षको नौ महिनामा विभागले दुई खर्ब ८१ रुपैयाँ राजस्व संकलन गरेको हो ।
गत वर्षको तुलनामा २५ प्रतिशत बढी राजस्व असुल गर्ने लक्ष्य लिएको विभागलाई लकडाउने राजस्व असुलीमा अवरोध गरिरहेको छ ।
लकडानका कारण यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कर तथा कर विवरण बुझाउने म्याद वैशाखसम्म थप गरेको छ ।
कर बुझाउने अवधि थपिएको भएपनि अहिले अनलाइनबाट कर तिर्ने क्रम जारी रहेको विभागले जनाएको छ ।
विभागका अनुसार अहिले हजार ९३ करदाताले अनलाइनबाटै मूल्य अभिवृद्धि करको विवरण पेश गरेका छन् । यस्तै संशोधित आयकर ६ सय ७३ जनाले बुझाएका छन् ।
Comment