विश्वभर ९० बर्ष यताकै ठूलो आर्थिक मन्दीः कुल ग्रार्हस्थ उत्पादन चौपट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्वभर ९० बर्ष यताकै ठूलो आर्थिक मन्दीः कुल ग्रार्हस्थ उत्पादन चौपट




काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वभरि कुल ग्रार्हस्थ उत्पादनमा ३ प्रतिशतसम्म ह्रास आउन सक्ने प्रक्षेपण गरेको छ ।

कोषले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक गर्दै विश्वभरि नै कुल ग्रार्हस्थ उत्पादनमा ह्रास आउने भन्दै सन् १९३० यताकै ठूलो आर्थिक मन्दी आउन सक्ने जनाएको हो ।

यो महामारीको अवस्था २०२० को मध्यसम्ममा नियन्त्रण हुन नसकेमा सन् २०२१ सम्म आर्थिक वृद्धिदर ५.८ प्रतिशतमा रहनेसमेत उल्लेख गरेको छ ।

उदयीमान अर्थतन्त्र र विकासोन्मुख देशको विकासमा भने कोरोनाको प्रत्यक्ष प्रभाव पर्ने उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार विश्वका अधिकांश मुलुकको आर्थिक वृद्धिद्धर ऋणात्मक देखिने छ ।

नेपालको आर्थिक वृद्धिद्धर २०२० का लागि २.५ प्रतिशत र सन् २०२१ का लागि ५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

दक्षिण एसियाका अन्य देशहरुमध्ये बंगलादेशको आर्थिक वृद्धिदर १ प्रतिशत, भुटानको २ प्रतिशत र भारतको १.९ प्रतिशत रहने उल्लेख गरिएको छ । माल्दिभ्स र श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्मक हुनेछ ।

कोरोनाको कारण बेरोजगारीको दर बढ्न सक्ने भन्दै उसले आयस्रोत कम हुँदा गरिबीसमेत बढ्न सक्ने आँकलन गरेको छ ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार २१:१०