राष्ट्रिय वाणिज्य बैंकमा नयाँ सिइओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ सिइओ



काठमाडौं। तीन महिनापछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको छ । बैंक सञ्चालक समितिको बैठकले नयाँ सिइओ नियुक्ति गर्ने निर्णय गरे को छ ।


बैंक सञ्चालक समितिले कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्यले शुक्रबारसम्म कोषबाट राजीनामा स्वीकृत गराएको पत्र ल्याउन सके उनलाई सिइओ नियुक्ति गर्ने र उनले पत्र ल्याउन नसके किरण श्रेष्ठलाई सिइओ नियुक्ति गर्ने निर्णय गरेको छ ।

आर्चायले शुक्रबारसम्म राजीनामा पत्र ल्याउन सम्भावना नै नभएकाले बैंकको सिइओमा श्रेष्ठ हुने निश्चित भएको छ। आचार्यको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्छ। ’उनको राजीनामा पत्रमात्र ल्याउन भनिएको भए छिनभरमै सम्भव थियो, तर स्वीकृतको पत्र भनिएकोले उक्त अवधिभित्र सम्भव छैन,’ बैंकका एक अधिकारीले भने, ’घुमाउरो पारामा श्रेष्ठलाई नै सिइओ बनाउने सञ्चालक समितिको कुटिल चाल हो ।’

श्रेष्ठले औपचारिक रुपमा आइतबारदेखि बैंकको सिइओको कार्यभार सम्हाल्ने निश्चित भएको छ। उनले नेपाल बैंकमा ३० वर्ष सेवा गरेका छन्। एसिस्टेन्ट म्यानेजरबाट नेपाल बैंकमा प्रवेश गरेका श्रेष्ठले नायब महाप्रबन्धकबाट यही वर्षको सुरुमा अवकाश लिएका थिए ।

बैंकको प्रमुख कार्यकारीपदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये ५ जनालाई छनोट समितिले अन्तिम छनोटमा पारेको थियो । अन्तिम पाँचमा बैंकका निवर्तमान कार्यकारी प्रमुख कृष्णप्रसाद शर्मा, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, कृषि विकास बैंकका नायब महाप्रबन्धक अनिल उपाध्याय, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य र नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक किरण श्रेष्ठ परेका नागरिक दैनिकमा खबर छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले चारवर्षे कार्यकाल पूरा गरेपछि बैंकमा पुस २० गतेबाट सिइओ पद रिक्त थियो। रिक्त भएको तीन महिनाभन्दा बढी समय बैंकमा सिइओ छनोट हुन सकेको थिएन । शर्माको कार्यकाल पूरा भएपछि निमित्त सिइओको रुपमा काम गरिरहेका भेषराज पन्थीले पनि अवकाश पाइसकेका थिए ।

प्रकाशित : 5 April, 2016 8:48 am